काठमाडौं ,१७ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएको हो ।
इन्डियन आयल कर्पाेरेशनबाट मूल्य बढेर आएकाे भन्दै निगमले पनि मूल्य बढाएकाे हाे । निगमका अनुसार भारतबाट पेट्राेलमा २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ९ पैसा मूल्य बढेर आएकाे छ ।
नयाँ मूल्यअनुसार काठमाडाैं उपत्यकामा पेट्राेल १५९ र डिजेल तथा मट्टीतेल १४३ रुपैयाँ प्रतिलिटर पुगेकाे छ । निगमले हवाई इन्धनकाे मूल्य भने घटाएकाे छ । हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडाैंमा २२ अमेरिकी डलरले घटाइएकाे छ ।