पोखरामा अलपत्र यात्रुलाई स्कर्टिङ मार्फत् गन्तव्यमा पठाइयो

२०८२ जेष्ठ १९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१९ जेठ । पोखरामा अलपत्र परेका यात्रुलाई कास्की प्रहरीले स्कर्टिङ गरेर गन्तव्यमा पठाएको छ ।

पोखराबाट गन्तव्यमा जान नपाएका ५६४ यात्रुलाई कास्कीका डीएसपी हरिबहादुर बस्नेतको कमान्डको टोलीले गन्तव्यमा पठाएको हो ।

पोखराको पर्यटक बसपार्कबाट १४ वटा सवारीसाधन काठमाडौं र ३ वटा चितवन गरी १७ वटा सवारीमार्फत यात्रुलाई गन्तव्यमा पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय