बिरामी बोकेको एम्बुलेन्स र स्कुल भ्यान ठोकिदा, एकको मृत्यु

२०८२ जेष्ठ १९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नवलपरासी ,१९ जेठ । नवलपरासी पूर्वमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान साढे ८ बजे पूर्वी नवलपरासीको  देवचुली नगरपालिका-२ दुम्कौली चोकस्थित पूर्व-पश्चिम राजमार्गमा बिरामी बोकेको एम्बुलेन्स र विद्यालयको भ्यान ठोक्किएको हो।

बुटवलबाट बिरामी लिएर नारायणघाटतर्फ जाँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र दुम्कौली जाँदै गरेको दिव्य एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थी बोकेको भ्यान आपसमा ठोक्किएको थियो।

पूर्वी नवलपरासी प्रहरीका अनुसार दुर्घटनामा स्कुल भ्यानका चालक देवचुली नगरपालिका-१ का बस्ने ५२ वर्षीय कुलप्रसाद सुवेदीको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय