ललितपुर ,१९ जेठ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भवनमा वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रम संचालन भएको छ ।
नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको आयोजना र विश्व वातावरण दिवसको सन्दर्भ र अवसर पारेर नेपाली कांग्रेस, केन्द्रीय कार्यालय भवनको हलमा कार्यक्रम संचालन गरिएको हो ।
वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको आयोजनामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति एवं सम्माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दै वातावरण र जलवायु सुधारका लागि हामी धेरै काम गरिरहेका छौं, सबै दलहरुले यसमा साझा धारणा बनाउन , साथै विद्युतिय बिकासमा जोड दिनुपर्ने बताउनुभयाे ।
वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमको संचालन बलदेव तामाङबाट भएको र कार्यक्रमको सभापतित्व वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागका अध्यक्ष कल्याण गुरुङबाट भएको थियो ।
वातावरण तथा जलवायु परिवर्तनका बिषय पेचिलो बन्दैगएको वर्तमान सन्दर्भमा यसका विविध पक्षहरुलाई समेटेर राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रहरुमा हुँदैगरेका जोखिमहरु र अपनाउँदै गरिएका प्रयत्नहरुलाई व्याख्या र विश्लेषण गरी जलवायु विज्ञ मञ्जित ढकालले उपस्थित जिज्ञाशुहरु सबैले बुझ्नसक्ने गरी तयार गरिएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जहा उल्लेख भएअनुसार प्लाष्टिकजन्य वस्तुहरुको प्रयोगमा निरुत्साहन र वातावरण प्रदुषणमा मुख्य भुमिका निर्वाह गरिरहेका बिकशित मुलुकहरुसँग क्षतिपुर्तिको मागका बिषय उठान र त्यसैका पछि दौडिरहनु, वास्तवमा त्यसलाई पनि समयानुसार निरन्तरता दिंदै धुँवा र धुलो उत्सर्जनमा ठूलो भुमिका निर्वाह गर्दैरहेका पेट्रोलियम पदार्थबाट संचालित सवारी साधनहरुमा न्युनिकरणको व्यवस्था गरिनु अझ पेट्रोलियम पदार्थको सहज आपुर्तिकालागि भनी पाइपलाइन बिछ्याउने, निर्माण गर्ने लगायतका कार्यबाट हामी विमुख हुनसके ठूलो धनराशीलाई हामीसँग भएर पनि खेरगइरहेको अपार जलविद्युतिय सम्पदा निर्माणमा सदुपयोग गर्नसकिन्थ्यो । जसले हामी र हाम्रो भावी सन्ततिकालागि अत्यन्त उपयोगी सिद्ध हुने थियो ।