पूर्वराष्ट्रपति भण्डारी १० दिनपछि स्वदेश फिर्ता

२०८२ जेष्ठ १९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१९ जेठ । १० दिने चीन भ्रमण सकेर पूर्वराष्ट्रपति विद्या भण्डारी स्वदेश फर्कनुभएको छ ।

एमाले नेताहरु र सरकारका मन्त्रीसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चाइनिज फर एसोसिएसन अफ इन्टरनेशनल अण्डरस्ट्यान्डिङ सस्थाद्धारा आयोजित कार्यक्रममा सहभागी हुन गत जेठ १० गते चीन भ्रमणमा जानु भएकी भण्डारी सोमबार बिहान नेपाल फर्कनुभएको हो । चीन भ्रमणमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायतका चिनियाँ नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो । चिनको १० दिने भ्रमण समग्ररुपमा सफल रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जानकारी दिनुभयो । नेपाल र चिनको पुरानो सम्वन्ध, लामो समयदेखीको मित्रतालाइ अझै सुदृढ गर्ने, दुइ देश विचका साझदारी, सम्झौताहरुलाइ पुर्नजागृत गर्ने सदभाव भ्रमणको रुपमा रहेको मन्त्री भण्डारीले बताउनुभयो । छलफलका क्रममा चिनिया पक्षबाट सहमतीलाइ कार्यान्वयन गर्ने खालको प्रतिबद्धता ब्यक्त भएको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।

चाइनिज फर एसोसिएसन अफ इन्टरनेशनल अण्डरस्ट्याडिङ सस्थाद्धारा आयोजित कार्यक्रममा ६० देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपालका तर्फबाट पूर्व राष्ट्रपति विद्या भण्डारीले नेतृत्व भ्रमण टोलीमा नेकपा (एमाले) विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, एमाले नेता कर्ण थापा लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय