काठमाडौँ,१९ जेठ । बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले पदभार ग्रहण गर्नुभएको छ ।
सोमबार बोर्डको कार्यालय पुगेर अध्यक्ष हुमागाईले पदभार ग्रहण गर्नुभएको हो । मन्त्रीपरिषद्को जेठ १२ गते बसेको बैठकले उहालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
पदभार ग्रहण गर्दै अध्यक्ष हुमागाईले आफुले अघिल्लो कार्यकालमा थालनी गरेको राष्ट्रिय बिज्ञापन नीति जारी गर्ने, बिज्ञापन ऐन संशोधन लगाएतका काम सम्पन्न गर्ने बताउनुभयो ।
उहाले घट्दो बिज्ञापन बजार चासो र चिन्ताको बिषय भएकाले यसको बजारको बिकास र विस्तारको प्रयास गर्ने उल्लेख गर्नुभयो ।
सामाजिक सञ्जालमा हुने बिज्ञापनलाई नियमनको दायरामा ल्याउने भन्दै उहाले ऐन सम्बोधनकासमयमा त्यसमा उचित सम्बोधन हुने जिकिर गर्नुभयो ।