काठमाडौं ,२० जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा प्रतिपक्षीले राखेको बिषयमा प्रधानमन्त्री गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री शर्माले सरकारको कमजोरी उठान गर्नु प्रतिपक्षी दलको कर्तव्य भएकाले उनीहरुले राखेको बिषयलाई प्रधानमन्त्रीले गम्भीर भएर सम्वाद गर्नुपर्ने बताउनुभएको हो ।
भिजिट भिसा प्रकरणमा गहिरोसंग अनुसन्धान हुनुपर्ने र त्यसमा मुछिएका सवैमाथि छानविन हुनुपर्ने उहाँले बताउनुभयो । शर्माले यस सन्दर्भमा अख्तियारले गृहमन्त्रीमाथि अनुसन्धान गरे स्वभाविक रुपमा पद त्याग गर्नुपर्ने भएपनि अहिले कर्मचारीमाथि मात्रै अनुसन्धान भइरहेको उल्लेख गर्नुभयो ।
कर्मचारीमाथि अनुसन्धान भइरहदा उजुरी नै नपरेको गृहमन्त्रीको राजीनामा माग गर्नु उचित नभएको उहाँको भनाइ छ । उहाँले अघिल्लो गृहमन्त्रीको प्रकरणलाई गाँसेर सदनमा आवेग प्रकट हुन खाजेको जस्तो देखिएको बताउनुभयो ।