लोकतन्त्रको गाडीमा नभइ चालक मा समस्या छ : महामन्त्री थापा

२०८२ जेष्ठ २१, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
काठमाडौं ,२१ जेठ ।
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले लोकतन्त्रको गाडीमा नभै चालकमा समस्या भएको बताउनुभएकाे छ ।

राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता भन्ने नाराका साथ सुरुवात नेपाल स्वास्थ्यकर्मी संघ को ३४ औं स्थापना दिवस तथा प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति क्षेत्र न २ बाँकेको उदघाटन कार्यक्रममा मंगलबार बोल्दै लोकतन्त्रको गाडीमा नभै चालकमा समस्या भएको उहाँले बताउनुभएको हो। उहाँले भन्नुभयाे “लोकतन्त्रको बाटो खराब होइन हामीले रोजेर ल्याएको बाटो हो ।” चालकमा देखिएको समस्यामा बाटो फेरेर नहुने जिकिर गर्दै चालक नै फेर्न आवश्यक रहने बताउनुभयो ।

उहाँले आम नागरिकमा रहेको असन्तुष्टि मेटाउनको लागि संविधानमा रहेका समस्या संशोधन गर्न आवश्यक रहेकाे भन्दै गठबंधन हुँदा गरिएका सात बुँदे सहमति भुल्न नहुने बताउनुभयो। गरिएका बाचा पुरा गर्न आवश्यक रहेको उल्लेख गराउँदै तत्काल संविधान संसोधन प्रारम्भ गर्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयाे “आम नागरिक लाई भरोसा दिलाउनुपर्छ गणतन्त्र टिकाउनुपर्छ व्यवस्थामा भएका कमी कमजोरी संविधान संसोधन गरेर अगाडि बढ्नुपर्छ ।”

पार्टीलें पार्टीले बहुमत ल्याउनुपर्छ बहुमत ल्याउन नसके ठूलो पार्टीले सरकार चलाउन पाउनुपर्छ त्यसका लागि पनि संविधान संशोधनको विकल्प नरहेको उहाँले जिकिर गर्नुभयो। महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मास्ने होइन बरु यसलाई अझ उन्नत बनाएर लग्ने जिम्मा हाम्रो हो भन्दै महामन्त्री थापाले सङ्घ, प्रदेश, उपराष्ट्रपति, उपसभामुख जस्ता पदका विषयमा सोच्नुपर्ने उल्लेख गर्दै सङ्घ र प्रदेशमा आवश्यकता अनुसार मन्त्री बनाउन संविधान मै संख्या तोक्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय