काठमाडौं ,२१ जेठ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा सरकारका तर्फबाट छानविन समिति गठन गर्ने प्रतिवद्धता आए सदन सूचारु हुने बताउनुभएको छ ।
बुधबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पाण्डेले प्रधानमन्त्री, कानूनमन्त्री वा सरकारका तर्फबाट कोहि पनि मन्त्रीले छानविन समिति गठन गर्ने प्रतिवद्धता मात्र जनाए सदन सूचारु हुने बताउनुभएको हो । प्रतिपक्षी लचक भएर छानविन समिति गठनको प्रतिवद्धता मात्र माग गर्दा पनि सत्तापक्ष त्यसमा तयार नभएको उहाले बताउनुभयो ।
पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई नै किटान गरेर आरोप नलगाएको तर गृह मार्फत रहने निकायको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने धारणा राख्नुभयो ।
उहाले सदन चले आफ्ना कुराहरु सदनमा नै राख्ने बताउनुभयो । संसदमा १३ गतेदेखि उठाएका बिषयमा प्रतिपक्षी दल कायमै रहेको उहाको भनाइ छ ।