स्याङ्जामा अवैध रुपमा जडिबुटी संकलन गर्ने ३ जना प्रहरीको नियन्त्रणमा

२०८२ जेष्ठ २१, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, २१ जेठ । अर्जुन चौपारी गाउँपालिका वडा नम्बर ३ ताउ घडेरी चित्रेनी जंगलमा चुत्रो जातको जडिबुटी अवैध रुपमा संकलन गर्ने तीन जना पक्राऊ परेका छन् । उनीहरू बाट अन्दाजी ५ सय केजी चुत्रो जातको जडिबुटी बरामद भएको छ।

पक्राउ पर्नेमा पर्वत जिल्ला महाशीला गाउँपालिका ४ बस्ने ३५ वर्षका पुनम गुरुङ्ग, ३२ वर्ष का देवेन्द्र गुरुङ्ग र २५ वर्षका अमृत भन्ने जीत बहादुर गुरुङ्ग बुधबार अन्दाजी ४ बजेको समय पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

अर्जुन चौपारी गाउँपालिका वडा नम्बर ३ को ताउ घडेरी चुत्रेनी जंगलमा अवैध रुपमा जडिबुटी संकलन गरिएको विशेष सूचनाको आधारमा प्रहरी चौकी अर्जुनचौपारी स्याङ्जा र अर्जुन चौपारी गाउँपालिकाको गाउँ प्रहरीको संयुक्त टोली खटिई अन्दाजी ५ सय केजी जडिबुटी सहित तीन जना पक्राऊ परेको प्रहरी स्रोत बाट खुल्न गएको छ।फेला परेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई जडिबुटी बरामद गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय