उत्तेजना फैलाउने र भीड उक्साउने पार्टी होइन : महामन्त्री थापा

२०८२ जेष्ठ २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
काठमाडौ,२४ जेठ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस उत्तेजना फैलाउने र भीड उक्साउने पार्टी नभएको बताउनुभएको छ।

धरानमा नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू संघको प्रथम महाधिवेशनमा शुक्रबार पूर्व स्वास्थ्य मन्त्री तथा महामन्त्री गगन कुमार थापाले संविधान निर्माणदेखि कार्यान्वयन सम्मको यात्रामा कांग्रेसको अग्रणी भूमिका रहेको जिकिर गर्नुभयो। उहाले कांग्रेस लोकतन्त्र माथि विश्वास गर्ने पार्टी भएको हुँदा भीड उक्साउने नाराबाजी गर्ने पार्टी नभै समाधानको लागि जन आकाङ्क्षा अनुरूप असन्तुष्टि मेटाउनको लागी संवैधानिक तवरमा अघि बढ्ने पार्टी भएको बताउनुभएको हो।

महामन्त्री थापाले संविधान निर्माणको संवैधानिक प्रक्रियामा मात्र नभएर त्यसलाई व्यवहारमा उतार्ने हरेक जिम्मेवारीमा कांग्रेस अग्रपंक्तिमा उभिदै आएको र संवैधानिक तवरमा अघि बढ्न खवरदारी पनि गरिरहेको बताउनुभयो।

महामन्त्री थापाले उक्साहट को राजनीति ले लोकतन्त्र माथि नै गम्भीर प्रश्न उठ्न सक्ने भएकाले पार्टी शान्ति स्थिरता र संस्थागत सुधारका लागि जिम्मेवार भूमिका खेल्दै आएको बताउनुभयो। उहाले भन्नुभयो ( ुलोकतान्त्रिक मूल्य, मान्यता, बहस र सहमतिको नीति नै कांग्रेसको राजनैतिक आधार स्तम्भ हो, राजनीतिमा भावना हुन्छ तर भावनालाई बेचेर राष्ट्र बन्दैन, परिवर्तनको प्रक्रिया शान्त, स्थायी र सवलीकरण को मार्गबाट अघि बढ्नुपर्छु भन्दै कांग्रेस आफ्नो सिद्धान्त र उद्देश्य लाई आधार स्तम्भ मानेर अघि बढेको छ र बढ्नुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो।

नेपाली कांग्रेसले विवेकपूर्ण तरिकाले बहस र छलफल गर्दै निष्कर्षमा पुग्ने गरी नीति निर्माणलाई ध्यान मा राख्दै कामलाई चुस्त दुरुस्त बलियो र सहजीकरण बनाउँदै अघि बढ्ने बताउँदै महामन्त्री थापाले राजनीतिमा समाज सुधारक सहज समाधान युक्त विकासमुखी विचार विवेक नीति र संवादलाई महत्त्व दिनु आजको आवश्यकता रहेको बताउनुभएको छ।

राष्ट्रबाद का नाम मा कुनै पनि व्यवस्थामा फर्किन नहुने बताउँदै नेपालको आर्थिक सामाजिक परिवर्तनमा प्रजातन्त्रले ठूलो योगदान दिएको बताउनुभएको छ। संविधान निर्माण मा एक दशक समय खर्चिसकेको हुँदा देश लाई फेरि एक दशक पछि पार्न नहुने बताउँदै अवस्था परिवर्तनको लागि विवेक पूर्ण तवरमा लागि पर्नुपर्ने बताउनुभयो। उहाले अहिले दुई दलको गठबन्धनको सरकारले राजनीतिलाई शक्तिशाली सबल बनाउन न्यायसंगत तरिकाबाट अघि बढ्न, समाज सुधारक र आम नागरिकलाई आत्म सन्तुष्टी हुने गरी काम गर्न सक्ने बनाउन गठबन्धनको आवश्यकता र दायित्व भएको बताउनुभयो। उहाले असन्तुष्टि मेटाउनको लागी संविधानको संसोधन गर्दै अघि बढ्न सकिने बताउँदै आवश्यकता अनुसार संसोधन गर्दै समाधान र सहजीकरण सहित अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय