घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु

२०८२ जेष्ठ २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बर्दिया, २५ जेठ। बर्दियामा घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको छ । गुलरिया नगरपालिका वडा नम्बर १२ भैसाही बस्ने २१ वर्षीय वीरेन्द्र थारुको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।

बढैयाताल गाउँपालिका–९ कान्तिपुरमा घर बनाउने क्रममा फलामको रडलाई सिधा बनाउँदा बिजुलीको तारमा छुन गई करेन्ट लागेर थारु गम्भीर घाइते भएका थिए । उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार