काठमाडौं,२६ जेठ । नेकपा माओवादी केन्द्रका नेता एवं राष्ट्रियसभा सदस्य सुरेश आले मगरले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्गप्रसस्त गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार राष्ट्रियसभाको बैठकमा मगरले भिजिट भिसा प्रकरणको छानविनलाई सहज गर्न गृहमन्त्रीले मार्गप्रसस्त गर्नुपर्ने बताउनुभयो । भिजिट भिसा प्रकरण रहस्मय काण्डको रुपमा देखिएको उल्लेख गर्दै मगरले माथिल्लो स्तरबाटै छानविन गर्नुपर्ने आफुहरुको माग रहेको धारणा राख्नुभयो । गृहमन्त्रीको नैतिकतामा कुनै शंका नरहेपनि गृहमन्त्रीको मातहतमा रहेको अध्यागमनमा रहेका व्यक्तिहरुबाट भएको गलत कामको जिम्मेवारी लिनुपर्ने उहाले बताउनुभयो ।
मगरले भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराई लगाएतका व्यक्तिहरुमाथिको छानविनका लागि सरकारले उचित वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।