सदन अझै अनिश्चित ,सभामुख-सचेतक बैठक निष्कर्षविहीन

२०८२ जेष्ठ २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२८ जेठ । सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित बसेको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन टुङ्गिएको छ। भिजिट भिसा प्रकरणमा सत्ता र प्रतिपक्षले आआफ्नै अडान राखेपछि सहमति जुट्न नसकेको हो ।

विपक्षीले यसबारे छानबिन बनाउनुपर्ने भन्दै रास्वपाले अघि सारेको पाँच बुँदे प्रस्तावमा समर्थन गरेको छ । उहाँहरूले सत्तापक्षसँग यसबारे सहमतिको प्रयास गर्ने निर्णय गरेका छन् ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको र आफूहरू छलफलमा रहेको बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय