शिक्षकहरुका जायज मागलाई सरकारले पुरा गर्छ : शेर बहादुर देउवा

२०८२ जेष्ठ २९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२९ जेठ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शिक्षकहरुका जायज मागलाई सरकारले पुरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल शिक्षक संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आन्दोलनपछि शिक्षकहरुसंग सरकारले गरेका सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको हो ।

उहाले शिक्षकहरुको सेवा सुविधाका सन्दर्भमा मुलुकको आर्थिक अवस्थालाई हेरेर सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षक, प्राध्यापकका जायज मागहरुलाई पुरा गराउनका लागि आफुले पनि सक्दो पहल गर्ने उहाले बताउनुभयो ।

सभापति देउवाले बिद्यार्थीहरुको भविष्य निर्माण गरेर आफ्नो परिवार समेत पाल्नुपर्ने कुरा शिक्षकहरुलाई सहज नरहेको उल्लेख गर्नुभयो ।

त्यस्तै सभापति देउवाले अहिले नेविसंघमा आबद्ध हुने बिद्यार्थीको संख्या कम भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय