संसदमा गृहमन्त्री लेखकले भने : नक्कली पीडित खडा गरेर म विरुद्ध उजुरी दिने प्रयास भइरहेको छ

२०८२ जेष्ठ ३०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,३० जेठ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनैपनि प्रकारको संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ ।

रास्वपा र राप्रपाको विरोधकाबीच शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा आफुमाथि उठेको प्रश्नको जवाफ दिदै गृहमन्त्री लेखकले राजनीतिक प्रतिशोध साँधेर आफूमाथि विभिन्न आरोप लगाएको उल्लेख गर्दै भिजिट भिसा प्रकरणमा आफ्नो कुनैपनि प्रकारको संलग्नता नरहेको स्पष्ट पार्नुभएको हो ।

आफुविरुद्धमा नियोजित रूपमा षड्यन्त्र भएको भएको भन्दै उहाँले खेद प्रकट गर्नुभयो । उहाँले संवैधानिक निकायले अनुसन्धान गरिरहेका बेला मन्त्रीहरूलाई छानबिन गर्दै जाने हो भने कुनै पनि मन्त्री बाँकी नरहने जिकिर गर्नुभयो । उहाँले अध्यागमनका बिषयमा अख्तियारले गर्ने छानविनलाई प्रभावित पार्ने कुनै पनि काम नहुने बताउनुभयो ।

त्यस्तै गृहमन्त्री लखेकले भिजिट भिसा प्रकरणमा आफ्नाविरुद्ध पार्टी कार्यालयमा नक्कली पीडित खडा गरिएको किर्ते जाहेरी तयार पारिएको भन्दै कारवाही गर्ने चेतावनी समेत दिनुभयो । उहाँले यस बिषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच भएको सहमतिलाई अक्षरस कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

गृहमन्त्रीले जवाफ दिँदै गर्दा रास्वपाका सांसदहरुले भने वेल घेराउ गर्दै नारावाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय