३ महिने आधारभूत ब्युटिपार्लर तालिम सम्पन्न

२०८२ जेष्ठ ३१, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कृष्णप्रसाद ढकाल
ललितपुर ३१ जेठ । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको आयोजनामा संचालित ३ महिने आधारभूत ब्युटिपार्लर तालिम सम्पन्न भएको छ । ललितपुर महालक्ष्मी नगरपालिका उपमेयर लक्ष्मी महर्जनको प्रमुख आतिथ्यतामा नेपाल ट्रेडयुनियन कांग्रेस ललितपुरले ३ महिने आधारभूत ब्युटिपार्लर तालिम कार्यक्रमका सबै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको हाे ।

उपमेयर लक्ष्मी महर्जनबाट कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस ललितपुरलाई “ब्यूटिसियन तालिमको एड्भान्स कोर्ष” संचालन गरेमा नगरपालिका सहयोग गर्न ईच्छुक रहेको आश्वासन प्राप्त भएको मन्तव्य राख्दै गर्दा कार्यक्रम हल तालीले गुञ्जायमान भएको थियो ।

नेपाल ट्रेडयुनियन कांग्रेस ललितपुर सचिव माधव चन्द द्धारा संचालित यस आधारभूत ब्युटिपार्लर तालिम तथा प्रमाणपत्र वितरण कार्यक्रम एनटियुसि ललितपुरका अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षतामा भएको थियो । विशेष अतिथि जापान इन्टरनेशनल लेवर फाउण्डेसन(जेआइएलएफ)का फोकल पर्सन तथा एनटियूसी राष्ट्रिय उपमहासचिव देवदत्त बडुले जापानमा मजदुरहरुले आफ्नो श्रमबाट एक प्रतिशत वा केही रकम जोगाएर संकलन गरी संस्था गठन गरी कमजोर मुलुकका असङ्गठित क्षेत्रलाई सहयोग पु¥याउँदै आयआर्जन गर्ने वातावरण दिनकालागि प्रजातान्त्रिक संस्था वा सङ्गठनसँग मिलेर कार्यगर्न चाहेकाले हाम्रो श्रमिक सस्ंथा जोडिएको जानकारी गराइएको हो ।

त्यसरी नै विशेष अतिथि नेपाली कांग्रेस ललितपुर २ नं. क्षेत्रीय सभापति महेश खड्काले अहिलेको परिवेशमा शिपको महत्वलाई बुझेर प्रचारप्रसार तर्पm हामी सबैले लाग्न जरुरी छ । एनटियूसी नेपाल ट्रेडयुनियन कांग्रेस ललितपुर उपाध्यक्ष रामप्रसाद भण्डारीले “खोज्दा भेटिने हेर्दा देखिने हाम्रो अभियान”को मापदण्ड अन्तर्गत रहेर “शिप सिकौं आत्मनिर्भर बनौं” नामक नारालाई सार्थक गराउन विगत लामो समय देखि नेपाल ट्रेडयुनियन कांग्रेस ललितपुरले यस प्रकारका कार्यत्रमहरु संचालन गर्दै आइरहेको छ । शिपरुपि गहनाको माध्यमले स्वदेश तथा बिदेश जाँहा भएपनि भोकोपेट बस्नुपर्दैन आयआर्जन गर्न सकिन्छ, भनिएको छ ।

नेपाल ट्रेडयुनियन कांग्रेस ललितपुरको आयोजनामा संचालन भएको यो ३ महिने आधारभूत ब्युटिपार्लर तालिम २ जना नेपाल ट्रेडयुनियन कांग्रेस जिल्ला कोषाध्यक्ष नेहा के.सी. र कल्पना चन्दबाट सहजीकरण गरिएको थियो । एनटियूसी ललितपुर विर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य नेका ललितपुर जिल्ला सदस्य ट्रेड यनियन विभाग प्रमुख कमल कुमार बिष्ट, ब्युटिसियन केन्द्रिय समिति का.वा. अध्यक्ष भगवती पूmयाँल, निरु न्यौपाने, एनटियूसी केन्द्रिय कोषाध्यक्ष सञ्जय दाहाल, ईतिहास विद् तथा संचारकर्मी कृष्णप्रसाद ढकाल, नेपाली कांग्रेस महालक्ष्मी ४ का इकाई सभापति प्रकाश पराजुली, शिप तालिमका सहभागीहरु ममता बिष्ट, अम्बिका सापकोटा, सोनल कोइराला, कुन्ता कार्की, स्मति लामा तामाङ, रजनी खनाल, अर्चना खनाल, मनिषा बुढाथोकी, बबिता घिमिरे लगायतको बाक्लो उपस्थितिमा कार्यक्रम संचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय