विभिन्न मुद्दाका फरार छ कसूरदारहरू पक्राउ

२०८२ असार १, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, १ असार । विभिन्न मुद्दामा फरार रहेका छ जना कसुरदारहरु स्याङ्जामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजेन्द्र मिजार, सागर सार्की, प्रेम बहादुर कुँवर, भरत राज पाण्डे, रमाकान्त पौडेल र हरी बहादुर राना गरी छ जना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो । उनीहरूलाई स्याङ्जा जिल्ला अदालतमा उपस्थित गरिएको पनि चौधरीले जानकारी दिनुभयो ।

अदालत बाट विभिन्न समयमा भएको फैसला कार्यान्वयन लाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने उद्देश्य सहित आईतबार जिल्ला प्रहरी कार्यालय स्याङ्जा बाट खटिएकाे विशेष अप्रेशन टोलीले अदालतबाट विभिन्न मितिमा मुद्धा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाकी रहेका कसुरदार लाई जरिवाना सहित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो।

फरार भएका कसुरदार अन्तरगत  स्याङ्जा जिल्ला  फेदीखोला गा.पा. वडा नं. ३ बस्ने वर्ष ५० को राजेन्द्र मिजार अभद्र व्यबहार मुद्धा  भनी रु. ५ हजार जरिवाना,  फेदीखोला गा.पा. वडा नं.१ बस्ने वर्ष २९ को सागर सार्की अभद्र व्यवहार मुद्धा भनी रु १० हजार ८  सय रुपैयाँ नगद जरिवाना,  फेदीखोला गा.पा. वडा नं.१ बस्ने वर्ष ५७ को प्रेम बहादुर कुँवर लाई सवारी ज्यान  मुद्धा भनी चार दिन कैद र रु २ हजार जरिवाना, कालीगण्डकी गा.पा. वडा नं. ४ बस्ने वर्ष ४९ को  भरत राज पाण्डे लाई जालसाजी मुद्धा  भन्दै रु एक हजार जरिवाना, पुतलीबजार न.पा. वडा नं. ११ बस्ने वर्ष ३६ को रमाकान्त पौडेल  लाई चके अनादर भनी रु ३ हजार जरिवाना  गरेको छ । त्यसैगरी बिरुवा गा.पा. वडा नं. ८ बस्ने हरि बहादुर राना लाई  कर्तव्य ज्यान लगत कट्टा भनी २० वर्ष ४ दिन कैद र २१ हजार ८ सय रुपैयाँ जरिवाना तोकेको  प्रहरी स्रोत बाट खुल्न गएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय