कृष्ण बस्याल
स्याङजा,२ असार । स्याङजामा चट्याङ लागेर एकजना घाईते भएका छन । घाईते हुनेमा भिरकोट नगरपालिका वडा नम्बर –०९ कोट बस्ने ४६ बर्षका देउ बहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
रातको करीब एक बजेको समयमा घरमा सुतिरहेको अवस्थामा अचानक चट्याङको झड्काले घाईते हुनुभएका थापालाई स्थानीय र प्रहरीले तत्कालै उद्धार गरी उपचारका लागी मणिपाल अस्पताल पोखरा पठाईएको छ । घाईते हुनुभएका थापाको दाहिने हात बढी चोट लागेको जिल्ला प्रहरी कार्यालय स्याङजाका सुचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।