स्याङ्जा , २ असार । भिरकोट नगरपालिका वडा न ९ को एक गोठमा चट्याङ पर्दा करिव चालिस हजारको क्षति भएको छ ।
भिरकोट ९ साउण्डि बस्ने बम बहादुर मगरको कच्चि गोठमा चट्याङ पर्दा आधा भाग जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
गोठमा मानविय र चौपाय क्षति भएकाे छैन ।