काठमाडौँ ,२ असार। आज उपचारका क्रममा निधन भएका पूर्वमन्त्री ढुण्डीराज शस्त्रीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि असार ४ गते बुधबार बिहान दुई घण्टा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले आज विज्ञप्ति निकालेर शास्त्रीको पार्थिव शरीर असार ४ गते बिहान ९ः ०० बजेदेखि ११ः ०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिएको छ ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य, पूर्वमन्त्री शास्त्रीको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा ९० वर्षको उमेरमा आज बिहान निधन जनाएका छन् ।
भारतको वनारस र गोरखपुरमा लामो समय प्रवासी जिवन बिताएका शास्त्री आम निर्वाचन २०४८ र २०५१ मा अर्घाखाँची निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।