जबर्जस्ती करणी मुद्दामा फेदीखोलाबाट एक पक्राऊ

२०८२ असार ५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, ५ असार । जबर्जस्ती करणी मुद्दामा फेदीखोलाबाट एक जना पक्राऊ परेका छन । बिहीबार अन्दाजी २: ३० बजेको समय मा ४० वर्षकी  युवती माथि जबर्जस्ती करणी  गरेका अाराेप  एक जना पक्राऊ परेका हुन।

फेदीखोला गाउँपालिका वडा नम्बर ३ कराम्दी बस्ने वर्ष २७ का सूर्य मिजारले घरमा बसिरहेको एक जना महिला माथि जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

मिजारले जबर्जस्ती करणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा खोज तलास गर्दा लुकिछिपी हिँड्दै गरेको अवस्थामा बिहीबार फेदीखोलाको आरुखर्कबाट निजलाई नियन्त्रणमा लिएको प्रहरी जनाएकाे छ ।  स्याङ्जा जिल्ला अदालतबाट जबर्जस्ती करणी कसुरमा सात दिन म्याद थप गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय