नवलपरासीमा यात्रुबाहक बस बगायाे, ४० यात्रुकाे उद्दार

२०८२ असार ६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रूपन्देही,६ असार । पूर्वबाट पश्चिमतर्फ आएकाे भे१ख ४०८५ नम्बरको बस नवलपुरस्थित विनयी खाेलामा आएकाे बाढीले बगाएको छ ।

गयराती बाढीले करिब ४० यात्रु बाेकेकाेे साे बस बगाएपछि प्रहरीले बीचबाट उहाँहरूकाे उद्दार गरेपनि बस भने नभेटिएकाे नवलपुर प्रहरीका सूचना अधिकारी डिएसपी मधु नेपालले जानकारी दिनुभयाे  ।

लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध भएको थियाे ।  प्रहरीले बिहीबार बिहानै  सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको  थियाे । तर केही बसहरू सूचना अटेरी गरि चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय