रुकुम, ९ असार । रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ त्रिवेणी गाउँपालिका–१०, बर्नेटीका ५० वर्षीया गनेशा ओलीको मृत्यु भएको प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयाे।
प्रहरीका अनुसार, घरमा चट्याङ पर्दा गणेशा एक्कासि बेहोस हुनुभएकाे थियाे । तत्काल उद्धार गरी उहाँलाई जिल्ला अस्पताल सल्ले पुर्याइएकाे थियाे । चिकित्सकले गए राति मृत घोषणा गरे ।

