इरानको मिसाइल आक्रमणमा परी इजरायलमा ३ को मृत्यु ,६ घाइते

२०८२ असार १०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,१० असार  ।  इरानको मिसाइल आक्रमणमा परी इजरायलमा ३ जनाको मृत्यु भएको छ। दक्षिण इजरायलको बियर शेभा सहरमा रहेकोआवासीय भवनमा मिसाइल आक्रमण हुँदा ३ जनाको मृत्यु भएको इजरायली आपतकालीन सेवाहरूले पुष्टि गरेका छन्।

आपतकालीन सेवा मगेन डेविड अदोमका अनुसार गम्भीर घाइते भएका ४० वर्षीय पुरुष, ३० वर्षीया महिला र २० वर्षीय युवकको मृत्यु भएको हो।

घटनामा थप ६ जना व्यक्तिहरू  घाइते भएका छन्। उनीहरूको अहिले उपचार भइरहेको छ। इजरायली डिफेन्स फोर्सेसले इरानबाट इजरायलतर्फ मिसाइल प्रक्षेपण भएको पुष्टि गर्दै नागरिकहरूलाई सेल्टरमा जान निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय