दुधको साक्षी बिरालो राखेर समस्याको समाधान हुँदैन : ज्ञानबहादुर शाही

२०८२ असार १०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,१० असार। भिजिट भिसा प्रकरणमा सरकारले बनाएको छानबिन समितिको राप्रपाले विरोध गरेको छ ।

मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समितिको विरोध गर्नुभएकाे हाे ।

उहाँले १८ वर्षमा १४ जना गृहमन्त्री भएको बताउँदै सबैलाई अनुसन्धानको घेरामा ल्याउनुपर्नेमा आरोपीलाई चोख्याउने हिसाबले समिति बनेको बताउनुभयाे ।

उहाँले ‘दुधको साक्षी बिरालो राखेर’ समस्याको समाधान हुन नसक्ने जिकिर समेत गर्नुभयाे। जसको विरुद्धमा छानबिन हुनुपर्ने हो उहाँहरूले नै कर्मचारीलाई राखेर गरिने छानबिन समितिले विधिको शासन स्थापना नगर्ने उहाको भनाइ थियो ।

उहाँले सरकारले बनाएको छानबिन समिति अपराधको ढाकछोप गर्ने र भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरूलाई उन्मुक्ति दिन ल्याइएको नयाँ प्रोपोगाण्डा भएको जिकिर गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय