काठमाडौं, १० असार । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसाबारे सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको स्वागत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समितिले भिजिट भिसा सम्बन्धमा देखिएका दिगो समाधानका लागि गहिरो र निष्पक्ष छानबिन गर्नुपर्ने बताउनुभएकाे छ।
उहाँले माओवादी र एमालेबीच जेठ ३० गते भएको दुई बु्ँदे सहमति र मागअनुसार सरकारले समिति गठन भएको जिकिर गर्नुभयाे। उहाँले भिजिट भिसा प्रकरणमा अख्तियारले समेत अनुसन्धान गरिरहेको अवस्थामा अख्तियारको कार्यक्षेत्रभन्दा बाहिर रहेका जनताका विषयलाई सरकारले गठन गरेको समितिले अध्ययन गर्ने विश्वास व्यक्त गर्नुभयाे। पुनले लोकतन्त्रलाई सुदृढ र दिगो बनाउन यसमा देखिएका समस्याहरूलाई समाधान गर्दै जानुपर्ने उल्लेख गर्नुभयाे।