काठमाडौं ,१० असार। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा आफूहरूले माग गरेअनुसार नै छानबिन समिति बनेको बताउनुभएकाे छ ।
माधव नेपालसहित नेकपा एसका नेताहरूसँग भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपालाई अन्याय नहोस् भनेर आफू अझै लागिरहेको बताउनुभयाे ।
समितिमा रास्वपाको असहमतिबारे उहाँले भन्नुभयाे, ‘यसमा अहिले पनि उहाँहरूलाई धेरै भन्न चाहन्न। रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर मैले अन्तिम समयसम्म प्रयास गरेको, अझै गर्दैछु। रास्वपाका साथीहरूले एकदिन बुझ्नुहुन्छ ।’