काठमाडौं, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणको छानविनका लागि सरकारले बनाएको समितिको कुनै औचित्य नभएको जनाएको छ ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपा सांसद डा स्वर्णिम वाग्लेले पूर्व कर्मचारीको संयोजकत्वमा बनाइएको समितिको कुनै औचित्य नभएको र यसले निष्पक्ष रुपमा काम गर्न नसक्ने बताउनुभयो ।
उहाले सरकारले गठन गरेको समितिका संयोजक शंकरदास बैरागीमाथि पनि प्रश्न उठाउनुभएको छ । बिगत १० बर्षदेखि स्थायी सत्ताको प्रिय पात्रका रुपमा परिचित बैरागी सक्षम निकायहरूको राडारमा रहेको उहाले बताउनुभयो ।
वाग्लेले गम्भीर अपराधीक बिषयलाई सरकारले कर्मकाण्डीमा टुङ्गाउन खोजेको भन्दै खेद व्यक्त गर्नुभयो ।
उहाले भिजिट भिसा प्रकरणको छानविनका लागि जाँचबुझा आयोग ऐन २०२६ अनुसार बहालवाला वा पूर्वन्यायधीशको अध्यक्षतामा न्यायीक छानविन समिति गठन हुनुपर्ने रास्वपाको माग यथावत रहेको स्पष्ट पार्नुभयो । सरकारले भिजिट भिसा प्रकरणमा मुछिएकालाई जोगाउने खराव नियतका साथ समिति गठन गरेकाले रास्वपालाई स्वीकार्य नहुने उहाको भनाइ छ ।