आर्थिक बर्षका लागि सरकारले यथार्थपरक बजेट ल्याएको छ : अर्थमन्त्री पौडेल

२०८२ असार १०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १० असार । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक बर्षका लागि सरकारले यथार्थपरक बजेट ल्याएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै पौडेलले स्रोत र खर्च व्यवस्थापनमा यथार्थपरक भएर बजेट विनियोजन गरिएकाले यसको पूर्ण कार्यान्वयन हुने बताउनुभयो ।

उहाले बजेटको प्रभावकारी कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य सम्भव रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै पौडेलले पछिल्लो समय शिथिलतामा रहेको अर्थतन्त्र क्रमशः चलायमान हुँदै गइरहेको र अर्थतन्त्रका समग्र परिसूचकमा सकारात्मक सुधार भइरहेको जिकिर गर्नुभयो । उहाले चालु आर्थिक बर्षको तुलनामा पुँजीगत खर्चतर्फ १७ प्रतिशत बढी विनियोजन गरिएको उल्लेख गर्नुभयो ।

पौडेलले केही अपवादबाहेक कार्यविस्तृतीकरण प्रतिवेदन, आयोजना वर्गीकरण मापदण्डको आधारमा तीन करोडको सीमामा रहेर बजेट निर्माण गरिएको बताउनुभयो ।

उहाले निर्माण व्यवसायीको बाँकी भुक्तानीका सम्बन्धमा देखिएको समस्या आगामी आर्थिक बर्षमा नदोहरिने दावी गर्नुभयो । सुनका गहनामा लगाइएको विलाशिता करले अवैध कारोबार नियन्त्रण हुने भन्दै उहाले यसमा व्यवसायीलाई कुनै समस्या नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय