मदन भण्डारी राष्ट्रिय पुरस्कार आङ छिरिङ शेर्पालाई

२०८२ असार १२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , १२ असार । यस बर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार वातावरण संरक्षणका अभियान्ता एवं पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ ।

मदन भण्डारी फाउण्डेशनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तन मुद्धामा सक्रिय भएको र हिमाल संरक्षणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको योगदानको कदरस्वरुप यस बर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार शेर्पालाई प्रदान गर्न लागिएको जानकारी दिएको हो ।

पुरस्कृत व्यक्तित्व शेर्पालाई असार १४ गते जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा एक लाख नगदसहितको सम्मान पत्रका साथ पुरस्कार प्रदान गरिने मदन भण्डारी राष्ट्रिय पुरस्कार निर्णायक छनोट समितिका संयोजक रामशरण प्याकुरेलले जानकारी दिनुभयो ।

नेपालको हिमालको शुक्ष्म अध्ययन र अवलोकन गर्ने शेर्पा नै पहिलो व्यक्ति भएको र उहाले सगरमाथा आधार शिविरबाट मानव मलमुत्रलाई तल ल्याउन व्याग प्रविधि प्रयोग गरि हिमाल सफाइ अभियान सुरु गरिरहनुभएको प्याकुरेलले बताउनुभयो ।

सोलुखुम्बु जिल्लाको खुम्जुङ गाउँमा जन्मिनुभएका आङ छिरिङ शेर्पा विगत ४७ वर्षदेखि जलवायु परिवर्तनप्रति चेतना अभिवृद्धिमा सक्रिय रहनुभएको छ भने पटक पटक गरि १५ बर्ष नेपाल पर्वतारोहि संघको अध्यक्ष नेतृत्व गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय