काठमाडौं , १३ असार। नेकपा (एकीकृत समाजवादी) ले पार्टीको सचिवालय बैठक बोलाएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्दैका लागि बोलाइएको हो ।
बैठकमा अध्यक्ष माधव कुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।