काठमाडौं ,१३ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक असार १४ गते शनिबार बिहान ९ बजेका लागि बोलाइएको हो ।
बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला विकसित घटनाक्रमबारे छलफल हुने रास्वपाका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य मनिष झाले जानकारी दिनुभयाे ।