काठमाडौं ,१३ असार। नेपाली कांग्रेसका सभापति शेर बहादर देउवाले निर्धारित समयमा नै पार्टीको महाधिवेशन हुने बताउनुभएको छ ।
बिहीबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति देउवाले निर्धारित समयमा नै महाधिवेशन हुने बताउनुभएको हो । सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीबिरुद्ध झुटा आरोप लगाउने प्रयास भएको उल्लेख गर्नुभयो ।
उहाले कांग्रेस र एमाले फरक फरक दल भएकाले कतिपय निर्णयमा एकमत नहुनु सामान्य कुरा भएको बताउनुभयो ।
सभापति देउवाले काग्रेसको आग्रह पछि टेक एन्ड पे हटाएको भन्दै यसलाई सामान्य रुपमा लिन आग्रह समेत गर्नुभयो ।
कांग्रेसकी नेतृ तथा प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा सहभागी हुन सभापति देउवा लगाएतका नेता चितवन पुगेका हुन् ।