पूजा खड्का
स्याङ्जा, १४ असार । २०८१ काे एसईई दिएका मध्य स्याङ्जा बाट ४ जनाले ४ जेपिए ल्याउन सफल भएका छन्।
सामुदायिक तर्फ एक जना र तीन जना निजी विद्यालयका विद्यार्थील चार जिपिए ल्याएका हुन् । सामुदायिक तर्फ कालिगण्डकीको भगवती माविका प्रतिक भट्राईले चार जिपिए ल्याउनु भएको हो ।
यस्तै निजी तर्फ पाइनियार इंग्लिस बोर्डिङ स्कूल वालिङ्ग बाट प्राप्ति काफ्ले, नेपाल आदर्श सेकेन्डरी स्कूल वालिङ्ग बाट अप्सन सुवेदी र अर्जुन चौपारी चिल्ड्रेन एकेडेमी बाट किन्जल देवकोटा रहनु भएको छ।
स्याङ्जा जिल्ला बाट साधारण नियमित तर्फ ३ हजार ५ सय ९८ मध्य २ हजार ४ सय २६ जना ग्रेडेड भएका छन् भने साधारण ग्रे डेड वृद्धि तर्फ १ हजार २ सय १० जनामा ६ सय ८४ ग्रे डेड भएका छन् । त्यसै गरी प्राविधिक नियमित तर्फ १ सय ३५ जनमा ९० जना ग्रे डेड भएका छन् भने प्राविधिक ग्रेड वृद्धि तर्फ ५० जना मा ३८ जना ग्रे डेड भएको शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका इकाई प्रमुख विश्व राज आचार्यले जानकारी दिनु भयो।
समष्टिमा ४ हजार ९ सय ९३ जना मा ३ हजार २ सय ३९ जना ग्रे डेड रहेको पनि इकाई प्रमुख आचार्यले जानकारी दिनुभयो।