प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणका बिषयमा प्रतिनिधिसभा बैठकमा जादै

२०८२ असार १४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणका बिषयमा प्रतिनिधिसभा बैठकमा जानकारी गराउनुभएको छ ।

शनिबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको “विकासको लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलन”मा सहभागि स्पेन जान लागेको बताउनुभयो । स्पेन पुगेपछि असार १५ गते नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाले बताउनुभयो ।

सोहि दिन स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पेद्रो साञ्चेजसँग हाम्रो प्रतिनिधि मण्डलको द्विपक्षीय बैठक तय भएको उहाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले असार १६ गते नेपालका प्रधानमन्त्री एवम् अल्प विकसित राष्ट्रहरु (एलडिसी)को अध्यक्षको हैसियतमा सम्मेलनलाई संबोधन गर्ने कार्यक्रम रहेको धारणा राख्नुभयो ।

असार १७ गते अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता सहित उद्घाटन मन्तव्य दिने, नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख÷सरकार प्रमुखहरुको पहलमा पानी तथा सरसफाइ वित्तिय स्रोतको प्रवाह शीर्षकको इभेन्टमा संबोधन लगाएतका कार्यक्रम रहेका उहाले बताउनुभयो ।

असार १९ गते भ्रमणको अन्तिम दिन स्वदेश फर्किनु अघि रियल म्याड्रिड फुटवल क्लवका अधिकारीहरुसँगको भेटघाट र साण्टियागो वर्नावाउ रंगशालाको अवलोकन गर्ने कार्यक्रम रहेको उहाले बताउनुभयो । हप्ता दिन पछि असार २० गते दिउसो काठमाडौंमा अवतरण गर्ने कार्य तालिका रहेको उहाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय