काठमाडौका स्कुलमा स्याङ्जा बासीले नै रचे इतिहास

२०८२ असार १४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, १४ असार । प्रशासनिक क्षेत्रमा रेकर्ड तोड्न सफल स्याङ्जा जिल्ला शुक्रबार सार्वजनिक भएको एसईईको नतिजामा पनि रेकर्ड तोड्न  सफल भएको छ ।

हरेक क्षेत्रमा अब्बल मानिएका जिल्लावासी काठमाडौका बिधालयमा पनि रेकर्ड तोड्न सफल भएको पाइएको छ । काठमाडौको बासबारीमा रहेको चन्दबाग स्कुलमा अध्यनरत विद्यार्थी सपिम आचार्यले ४ जिपिए ल्याएपछि स्कुलमै ४ जिपिए ल्याउने उहाँ पहिलो विद्यार्थी बन्नु भएको छ ।

स्याङ्जाको वालिङ निवासी गरिमा विकास बैंकका सिईओ माधव आचार्यका छोरा समीप आचार्यले स्कुलकै लागि पहिलोपटक ४ जिपिए प्रदान गरेको शिक्षक लक्ष्मी नारायण मिश्रले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो । उक्त स्कुलबाट अबिनास केशी र मृदुला पोख्रेलले पनि ४ जिपिए ल्याउनु भएको छ ।

त्यस्तै चापाकोट १० घर भैइ हाल काठमाडौ बस्दै आउनु भएका फ्लोरोसेन्ट माध्यमिक विद्यालयमा अध्यनरत अनुजा कोइरालाले ४ जिपिए ल्याउनु भएको छ ।

शुक्रबार एसईई २०८१ को नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परिक्षा बोर्डले विगतका बर्ष भन्दा यस बर्ष नतिजा सुधार उन्मुख भएको जनाएको थियो । यसपटक ६१.८१ प्रतिशतले एसईई परिक्षा उतिर्ण गरेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय