काठमाडौं,१४ असार । प्रतिनिधिसभाबाट बजेटसंग सम्बन्धीत दुई आश्रित विधेयक पारित भएका छन् ।
शनिबार बसेको प्रतिनिधिसभा बैठकले करका दर समेटिएको आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित गरेको हो । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।
दुई विधयकमाथि प्राप्त संशोधनहरु बहुमतले अस्वीकृत भएको थियो । त्यसअघि आर्थिक विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदैं अर्थमन्त्री पौडेलले कर प्रणालीका बारेमा बिगतको गुनासोलाई सुनुवाई गर्दै आवश्यक र अत्यावश्यक ठाउँमा मात्र कर संशोधनको प्रस्ताव गरिएको जानकारी दिनुभयो । आत्मनिर्भर अर्थतन्त्र र सन्तुलित विकासका लागि अनुकुल हुने गरी कर प्रस्ताव गरिएको उहाको भनाइ छ । पौडेलले एउटै कारोबारबाट सिर्जना भएको कारोवारमा पटक पटक कर लाग्ने विद्यमान व्यवस्थालाई सम्बोधन गर्ने प्रयास गरिएको धारणा राख्नुभयो ।
त्यस्तै उहाले मदिरा र सुर्तीजन्य वस्तुले जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले सो वस्तुमा केहि हेरफेर भएको उल्लेख गर्नुभयो । आर्थिक ऐनले करका दरमा स्थीरता, लगानीका लागि अनुकुल वातावरण बनाउने कोशीस गरेको उहाको भनाइ छ ।