कृष्णप्रसाद ढकाल
ललितपुर, १३ असार । ललितपुर माहालक्ष्मी–४ मा रहेको महेन्द्र आदर्श माध्यमिक विद्यालयहलमा विद्यालय व्यवस्थापन समिति, शि.अ.संघ र शिक्षकहरुको क्षमता विकास तथा एस.आई.पि. निर्माण कार्यशाला सम्पन्न भएको छ ।
विद्यालय शिक्षक शोभाखर भुषालद्धारा संचालित कार्यक्रमको अध्यक्षता व्यवस्थापन समितिका अध्यक्ष भैरवभक्त क्षेत्रीबाट भएको थियो ।
विद्यालयमा व्यवस्थापन समितिका सचिव तथा महेन्द्र आदर्श माध्यमिक विद्यालय प्रधान अध्यापक एकबहादुर भण्डारी लामो समयदेखि प्रधान–अध्यापक रहँदैगर्दा र विद्यालय व्यवस्थापनको बागडोर संहाल्दै आउँदा हुनआएको विद्यार्थीहरुको आकर्षकीय सख्ंयात्मक बृद्धि, गुणस्तरीय शिक्षा, शिक्षक तथा विद्यार्थीहरुमा देखिएको ऐक्यबद्धता, प्रगति, उत्कृष्ट व्यवस्थापन लगायत तर्पm नियाल्दा साङ्गठानीक कुशलता र व्यवस्थापकीय सफलताको प्रतिक मान्न सकिने कार्यक्रमको शिलशिलामा सहभागीहरुबाट देखियो ।
बैठकमा विद्यालय अतिरिक्त क्रियाकलाप, नैतिक शिक्षा लगायतको आवश्यकता तर्पm ध्यानाकर्षण भयो साथै अतिरिक्त क्रियाकलापको शिलशिलामा अतिथि वीज्ञ रुपेश श्रेष्ठले परिस्थितिलाई मनस्थितिले डो¥्याउन सकिन्छ, आँखा देख्ने भन्दा आँखा नदेख्ने अन्धा राम्रो हो, ठूलो मान्छे होइन राम्रो मान्छे बन्नुपर्छ जस्ता जीवनमा उपयोगी सन्देशहरुको संगालो बुझ्न र महशुस गर्न सक्नेगरी रोमान्टीक प्रकृयाबाट कार्यक्रममा पस्किएको अत्यन्त रोचक थियो ।
कार्यक्रममा मुकुन्द घिमिरे, बालकृष्ण महर्जन, यशोदा खड्का, शि.अ.संघका अध्यक्ष प्रकाश पराजुली, विश्वमणी जोशी, गीता कार्की, अनन्त अधिकारी, उपेन्द्र घिमिरे, मनोहर कार्की, ईतिहास विद् तथा संचारकर्मी कृष्णप्रसाद ढकाल, रविभक्त क्षेत्री, विद्यालयमा कार्यरत शिक्षकवर्ग लगायतको विशाल उपस्थितिमा विद्यालय व्यवस्थापन समिति, शि.अ.संघ र शिक्षकहरुको क्षमता विकास तथा एस.आई.पि. निर्माण अन्तरक्रिया छलफल कार्यक्रम कार्यशाला सम्पन्न भएको छ ।