काठमाडौ, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गर्नुभएको छ ।
संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार साँझ स्पेन प्रस्थान गर्नुभएको हो ।
त्यसअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन बिमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डे लगाएतले विदाई गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो ।
स्पेन भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता गर्नुहुनेछ भने विश्वका अन्य मुलुकका नेताहरूसँग ‘साइडलाइन’ भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली असार २० गते शुक्रबार स्वदेश फर्कने तालिका छ ।