एमालेको राजनीतिमा पुनः जोडिएको विद्या भण्डारीको घोषणा

२०८२ असार १४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, १४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा पुनः सक्रिय भएको घोषणा गर्नुभएको छ ।

जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको जबजका ३ दशक विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ पार्टी सदस्यता नवीकरण गरेको बताउनुभयो ।

एमालेमा जोडिदा आफुलाई गर्व महशुस भएको र आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा नरहेको उहाले बताउनुभयो । भण्डारीले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य भएको समेत जिकिर गर्नुभयो ।

राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा आफुलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएको र थप परिपक्व समेत बनाएको धारणा राख्नुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति भएर करिब ७ वर्ष जिम्मेवारीमा रहँदा देश र जनताको हितलाई ध्यानमा राखेरै काम गरेको उल्लेख गर्दै भण्डारीले आफ्नो तर्फबाट राष्ट्र र नागरिकको स्वाभिमानमा कुनै पनि आँच आउने काम नगरेको जिकिर गर्नुभयो ।

उहाले आफु राष्ट्रपतिको भूमिकाबाट बाहिर निस्किएपछि विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तक्रिया गरेको गरेको र सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएको निष्कर्ष निकालेको बताउनुभयो ।

भण्डारीले जबजको थप प्रभावकारी कार्यान्वयन र जननेताले देखाउनु भएको राजनीतिक निष्ठा, समर्पण, वैचारिक स्पष्टता र जनउत्तरदायी व्यवहारजस्ता गुणहरूको अनुशरण गरिनु अपरिहार्य रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा यस बर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार वातावरण संरक्षणका अभियान्ता एवं पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिएको थियो । पुरस्कारको राशी एक लाख रुपैया रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार