दही चिउरा खाने पर्वको रुपमा नलिएर उत्पादनमा वृद्धि गर्ने पर्वको रुपमा धान दिवस लाई जोड दिनुपर्छ

२०८२ असार १५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

“जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ २० औँ राष्ट्रिय धान दिवस आईतबार मनाइएकाे छ । धानको विविध महत्वलाई दृष्टिगत गर्दै उत्पादनमा वृद्धि गर्ने र कृषकलाई सहजताको लागि आधुनिकीकरण र व्यवसायिकरण गर्दै अघि बढ्ने लक्ष्य सहित सरकारले राष्ट्रिय धान दिवस मनाउन प्रोत्साहन गरेको हो।

सन् २००४ मा कृषि लाई प्राथमिकतामा राख्दै संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो । त्यसैगरी नेपालमा पनि खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ। नेपालमा २०६१ पछि धान दिवस मनाउन सुरुवात भएको पाइन्छ ।

कृषिमा विविध कठिनाईका बावजूद युवापुस्ताहरु मोटो रकम प्राप्तिको लागि र सहजताको लागि भन्दै वैदेशिक रोजगारमा संग्लग्न हुन पुग्दा देशको खेतीयोग्य जमीन बाँझो हुन पुगेका छन् । जसका कारण खेतीयोग्य जमीनमा खेती नगर्दा उत्पादनमा ह्रास आउनु पुगेको छ। त्यसैले युवालाई आकर्षित गर्नको लागि र कृषिमा सम्भावना रहेको अवगत गराउन र स्वदेशमै पारिवारिक जीवनमा रमाउँदै पनि जीवनयापन गर्न सकिन्छ भन्ने बाताबरण सृजना गरेको लागि पनि कृषक लाई पर्ने समस्या केलाउँदै राष्ट्रले सहजीकरण गर्नसकेको खण्डमा प्रसस्त सम्भावना बढाउन सकिन्छ ।

असार पन्ध्रको दिनलाई किसान अधिकारको एक दिवसको रुपमा मनाइरहदा हाम्रो देशका बहुसंख्यक साना किसानका अधिकार प्राप्त भएका छन् या छैनन् यसतर्फ पनि सम्पूर्णको ध्यानाकर्षण गर्न जरुरी रहन्छ। किसान तथा खाद्य अधिकार बिना मानव अधिकार संरक्षण हुनसक्दैन । त्यसैले उत्सवका रुपमा धान दिवस मनाइरहदा किसानको अधिकार प्राप्त गर्ने संघर्षको रुपमा समेत धान दिवसलाई लिन आवश्यक छ । आर्थिक समृद्धिको आधार नै कृषि हो यसको लागि राज्यले उत्पादन बढाउन र कृषक लगायत युवाको मनोबल बढाएर अघि बढ्न सकेको खण्डमा सम्भावना बढाउन सकिन्छ भन्ने प्रयास अनुसार पहल गर्न पनि आवश्यक देखिन्छ।

खाद्य उत्पादकहरु, साना किसानहरु, भूमिहीन, ग्रामीण कामदारहरु तथा ग्रामीण भेगहरुमा बस्ने मानिसहरुको मानव भएर सम्मानित जीवन जिउनको लागि सम्मान नगरिएका र राज्यको मूलधार बाट वञ्चित रहेका राजनैतिक आर्थिक प्रक्रियाहरु बाट बहिस्कृत रहेका विविध वर्गलाई हृदयङ्गम गर्दै विविधता र पिछडिएका वर्गलाई उजागर गर्दै किसान अधिकारको कानुन बनाएर अधिकार सुनिश्चित गर्न धान दिवस सार्थक बन्नु आवश्यक छ।

नेपालमा विभिन्न रीतिरिवाज, संस्कार, चाडपर्व, सामाजिक, सांस्कृतिक जिवनका विविध पक्षहरु प्रत्यक्ष गासिएको खाद्य बालीहरु मध्ये सवैभन्दा महत्वपूर्ण खाद्य बाली धान रहेको छ । धानको संरक्षण गर्नु, बीउका विभिन्न प्रजातिहरुको विकास गर्नु र आफ्ना मान्यता अनुकुलको वातावरणमा खेती गर्नु महत्वपूर्ण विषय हो । असार १५ मनाइरहँदा सम्बन्धित निकायको यी कुरामा पनि ध्यान जान जरुरी छ त्यसैगरी समस्या समाधान र उत्पादन वृद्धिमा कृषकलाई सहजीकरण आवश्यक परामर्श आवश्यक छ।

मान्छे जन्मेपछि विविध संस्कारमा धानको आवश्यक पर्दछ । बच्चा जन्मेको पाँच र छ महिनामा भात खुवाउने प्रचलन पनि रहेको छ । परम्परागत समयमा विविध पर्व मनाउँदा खुसीयाली स्वरुप खाइने भात खाजा आज भोलि रात दिन त्यही भात खाने प्रचलन भएको छ। अन्य बाली भन्दा धान बालीले बढी महत्व पाएको छ भने आज भोलि विविध रोगका कारण अन्य खाना मकै कोदोको पनि मान्यता बढिरहेको देखिन्छ। स्वास्थ्यको हिसाबमा पनि धान पछि मकै कोदोले बजार लिएको अवस्था पनि छ। जहांजे फल्छ त्यही खेती लाई प्रोत्साहन गर्दै व्यवस्थित गर्दै उत्पादनमा वृद्धि गर्न सक्यो भने आत्मनिर्भर बन्न सकिन्छ भने आयातमा कमी गर्न सकिन्छ। यसका लागि महत्व दिएर सरकारले कृषक लागि सहजीकरण गर्न सक्यो र कृषकले सहजीकरण अनुसार व्यवस्था मिलाउन सक्यो भने कृषिमा अघि बढ्ने प्रसस्त सम्भावना छ। यसको लागि ठाउँ माटो हेरेर व्यवस्थित गर्न आवश्यक छ।

नेपालमा विशेष गरेर असारमा धान रोप्ने चलन छ। त्यसैगरी पानीको पहुँच पुगेको ठाउँमा चैत्र महिनामा पनि रोप्ने चलन रहेको छ। नेपालमा हालमा प्रसिद्ध रुपमा पोखरेली जेठो बुढो, वासमती, पहेले, जुम्ली मार्सी जरायल आदि महत्वपूर्ण मानिए पनि विविध स्थानिय जातका धान रोप्ने चलन छ । पहाडी क्षेत्रमा बाती सरा, गुदुला सावित्री राम शंकर जस्ता विविध रैथाने जातका धान रोप्ने गरिन्छ भने औषधिय गुणको रुपमा रहेको अनदि धान रोप्ने प्रचलन पनि छ। त्यस्तैगरी पानी नहुने ठाउँमा घैया रोप्ने चलन भने अहिले हराउँदै गएको छ।

जुम्ली मार्सी उच्च ठाउँमा हुने धान अन्तर्गत पर्दछन भने पानीको मात्रा मौसम क्षेत्र र बाताबरण अनुसार फरक फरक किसिमको धान फरक फरक ठाउँ मा फरकफरक समयमा उत्पादन हुनेगर्छ।

हामीले धान दिवस औपचारिकताको हिसाबमा मात्र नमनाई धान बचाऔँ अभियानलाई बलियो बनाउनु आवश्यक छ । साथमा किसान अधिकार सुनिश्चित गर्ने मल बीउ लगायतका कृषकका समस्या समाधान गर्दै खाद्य सम्प्रभुता प्राप्त गर्न र कृषिको रुपान्तरण गर्ने लगायतका विविध आवश्यक परामर्शका विषयमा ध्यान केन्द्रित गर्न आवश्यक छ।

कृषिको प्रोत्साहन स्वरुप कृषकहरुले र राजनैतिक सक्रियतामा देशका विभिन्न स्थानमा धान दिवस मनाई रहेको पाइएको छ। एक दिन हिलो कुल्चने बाकी दिन महत्व नदिने नभै यसमा देखिएका समस्या पहिचान गरी सहजीकरणको भूमिका निर्वाह गर्ने बाताबरण रहनु आवश्यक छ। नेतृत्व वर्गले यस विषयमा ध्यान दिनु जरुरी पनि छ । कृषिमा वृद्धि गर्नको लागि कृषक लाई सहजीकरणको लागि राज्यले कसरी उत्पादन बढाउन सकिन्छ भन्ने विधि लाई महत्व राख्दै त्यही अनुसार आवश्यक कार्यान्वयनको व्यवस्था गर्न आवश्यक छ। दही चिउरा खाने पर्वको रुपमा नलिएर उत्पादनमा वृद्धि गर्ने पर्वको रुपमा धान दिवस लाई जोड दिनुपर्छ ।

पूजा खड्का
भिरकोट नगरपालिका,३ स्याङ्जा
लेखक हेर्ने कुरा डटकम स्याङ्जा जिल्ला रिपोटर हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय