स्याङ्जामा नेतादेखि कृषकसम्म सबै हिलाम्मे, धनदिवसको रोचक दृश्य

२०८२ असार १६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, १६ असार । भिरकोटको पकवानमा आईतबार धान दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाल किसान महासंघ स्याङ्जाको आयोजनामा भिरकोट नगरपालिकाको सहयोगमा भिरकोट पाँचको पकवानमा गरिएको हो।

कृषिमा प्रसस्त सम्भावना भएको हाम्रो देशका युवा हरु लाई कृषि पेशामा संलग्न गराउने र उत्पादनमा जोड गर्ने उद्देश्य सहित धान दिवसको आयोजना गरिएको नेपाल किसान महासंघका स्याङ्जा जिल्ला सभापति युवराज केसीले जानकारी दिनुभयो।

कार्यक्रम गण्डकी प्रदेशका पूर्ब मन्त्री तथा गण्डकी प्रदेश नेपाली कांग्रेसका उपसभापति मेखलाल श्रेष्ठको प्रमुख आतिथ्यतामामा सम्पन्न भएको हो। उहाँले कार्यक्रममा बोल्दै माटोको माया गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले कृषि बाट नै जीविकोपार्जन हुने र बढी उत्पादन गरेर किनबेच गर्दा आर्थिक आम्दानी हुने बताउँदै बाझो जमीन नराखिकन खेती पातीमा जोड दिनु पर्ने विषयमा जोड दिनुभयो।

त्यसैगरी भिरकोट प्रथम मेयर छायाराम खनालले जीवनयापनको प्रमुख आधार कृषि रहेको उल्लेख गर्दै माटो को संरक्षण र श्रम जोडिन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले खेती किसान गर्दा हिनताबोध गर्ने तर खानको लागि मिठो मसिनो चाहिनेको लागि सन्देशमूलक रहोस भन्नेका लागि धान दिवस मनाएको बताउनुभयो । त्यसैगरी भिरकोटका मेयर गोविन्द कुमार कर्माचार्यले कृषक दिवस लाई उत्सवको रूपमा मनाउन पाउँदा खुशी लागेको व्यक्त गर्नु भयो ।

नेपाल किसान महासंघका स्याङ्जा जिल्ला सभापति युवराज केसीले धान दिवस एक उत्सबको लागि मात्र नभई मानवीय जीवन यापन सगं जोडिएर रहेको बताउनु भयो। त्यसैगरी कृषक लाई पर्ने समस्याका विषयमा नेतृत्व बर्गलाई जानकारी गराउन र कृषकका समस्या प्रति समाधान र सहजीकरण गर्न कृषक र जनप्रतिनिधी बीच सहकार्य गर्दै अघि बढाउन आबस्यक रहेको ठानी नेपाल किसान महासंघको आयोजनामा आईतबार धान दिवस कार्यक्रम आयोजना गरिएको केसिले जानकारी दिनुभयो । उहाँले माना खाएर मुरी उब्जाउने समय भएको हुँदा कृषकको लागि महत्वपूर्ण समय रहेको उल्लेख गर्दै कृषि पेशामा विवेकपूर्ण तरिकाले अघि बढ्न आवश्यक रहेको जानकारी दिनुभयो। उहाँले उत्पादन गर्ने व्यक्ति राष्ट्रको गहना भएको उल्लेख गर्दै कृषि कर्ममा लाग्नुपर्ने बताउनुभयो।

कार्यक्रम भिरकोट वडा नम्बर सातका वडा अध्यक्ष तारा अर्यालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा भिरकोट नगर प्रवक्ता दिपेन्द्र केसि, नेपाल किसान महासंघका केन्द्रीय सदस्य, जिल्ला सदस्य प्रदेश सदस्य, सदस्य लगायत पार्टी तथा भातृ संगठन मा आबद्ध विविध व्यक्तित्वहरू, विभिन्न संघ संस्थामा आबद्ध व्यक्तिहरू आमा समुह पदाधिकारी तथा सदस्यहरू कृषकहरु लगायत धान दिवस लाई उत्सवको रूपमा मनाउने विविध स्थानिय सर्वसाधारणको बाक्लो सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय