ऊर्जामन्त्री खड्काको बेइजिङ भ्रमण: राजदूतावासको समस्या समाधानका लागि तत्पर

२०८२ असार १६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बेइजिङ,१६ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्हाई सहयोग संगठनको पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाइसकेपछि बेइजिङस्थित नेपाली राजदूतावासको भ्रमण गर्नुभएको छ।

उक्त भ्रमणका क्रममा मन्त्री खड्काले दूतावासका पदाधिकारीहरूसँग भेटघाट गरी दूतावासको वर्तमान अवस्था, हालका गतिविधिहरू र समक्ष आएका समस्याहरूका बारेमा विस्तृत जानकारी लिनुभयो।

राजदूतावासका तर्फबाट प्रस्तुत गरिएका समस्याहरूमा कार्यसुविधा, जनशक्ति र स्रोतको अभाव लगायतका विषयमा गम्भीर छलफल गरिएको थियो। मन्त्री खड्काले तिनीहरूको समाधानका लागि परराष्ट्र मन्त्रालयसँग आवश्यक पहल गर्ने र समन्वय गरिने आश्वासन दिनुभयो।

सो अवसरमा मन्त्री खड्काले बेइजिङमा आयोजित नेपाली पर्यटन व्यवसायीहरूको ट्रेड फेष्टममा पनि सहभागिता जनाए र वहाँको स्टल अवलोकन गर्दै व्यवसायीहरूसँग अन्तर्क्रिया गर्नुभयो। उहाँले नेपाली पर्यटन र व्यवसाय प्रवर्धनका लागि विभिन्न पहलहरू गर्नुपर्ने महत्वलाई जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय