प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको सुनुवाई, निर्णय आउन बाँकि

२०८२ असार १६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १६ असार । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्यमा सिफारिस महेश कुमार नेपालको संसदीय सुनुवाई गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले दुई जनाको संसदीय सुनुवाई गरेको हो । आइतबार समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको संसदीय सुनुवाई गरेको थियो ।

प्रस्तावित सवैको सुनुवाई भएपनि समितिबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने बिषयमा भने सोमबार निर्णय हुन सकेन । समिति सभापति ईश्वरीदेवी न्यौपानले प्रस्तावित व्यक्तिमाथिको छलफल बाँकी रहेको र समिति सदस्यहरुको कार्यव्यस्ताका कारण अर्को बैठकबाट आवश्यक निर्णय लिइने जानकारी दिनुभयो ।

त्यसअघि बैठकमा समिति सदस्यहरुले प्रस्तावित न्यायाधीश शान्तिसिंह थापालाई भावि कार्ययोजनाका बारेमा प्रश्न गरेका थिए । उहाले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश थापाले न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकालाई संविधानले नै सीमारेखा कोरिदिएकाले हस्तक्षेप गर्न नपाइने बताउनुभयो । हस्तक्षेप गर्न नपाउने नाममा स्वेच्छाचारिता भए चेक एण्ड ब्यालेन्सको सिद्धान्तलाई प्रयोग गर्नुपर्ने उहाले बताउनुभयो । थापाले संविधान, ऐन कानूनको दायरामा रहेर शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा काम गर्न आफु सचेत रहेको धारणा राख्नुभयो ।

त्यस्तै न्यायपरिषद् सदस्यमा सिफारिस महेश कुमार नेपालले आफुले गम्भीर भएर पदीय जिम्मेवारीलाई संविधानप्रति पूर्ण जिम्मेवार रही स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको सुदृढीकरणमा प्रयत्नशील रहने उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय