काठमाडाै, १७ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर चलखेल भएको बताउनुभएको छ ।
पेरिसडाडाँमा मंगलबार पत्रकारहरुसँग सक्षिप्त कुरानकानी गर्दै अध्यक्ष प्रचण्डले लामो छलफल र सहमतिपछि र पारित भएको विद्येयकमा कुलिङ पिरियडबारे भएको बदमासीबारे छानविनका लागि आफुहरुले पहल गर्ने बताउनुभएको हो ।कुलिङ पिरियडको व्यवस्था हेरफेरबारे कहानिर चलखेल भएको छानविन हुनुपर्ने भन्दै ताकेर कसैलाई आरोप लगाउन सक्ने अवस्था नभएको उहाँले धारणा राख्नुभयो ।यस्तो संवेदनशील र गम्भीर विषयमा राजनितिक नेतृत्व तहमा छानबिनका लागि छलफल गर्ने उहाँले बताउनुभयो ।
कुलिङ पिरियडमा भएको त्रुटीबारे मुख्य सचेतकबाट बुझेपछि मात्र माओवादी केन्द्रका तर्फबाट आधिकारिक निर्णय आउने प्रचण्डले जानकारी दिनुभयो ।