बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुकाे ज्ञान शिप र पुजीलाइ उधमशिलतासंग जोड्छाै : श्रम मन्त्री भण्डारी (भिडियो सहित)

२०८२ असार १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाै, १७ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुले प्राप्त गरेका ज्ञान शिप र पुजीलाइ उधमशिलतासंग जोड्न सक्नुपर्ने बताउँनुभएको छ ।

मंलबार मन्त्रालयमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री भण्डारीले नेपलमै रोजगारका लागि वातावरण बनाउन सरकार सक्षम रहेको भन्दै बाहिरबाट सिकेका शिपहरुलाइ उधमशिलतासंग जोड्न आवश्यक रहेको बताउनुभयो । मन्त्री भण्डारीले यस अधि मन्त्रालयले बैदेशिक रोजगारलाइ मात्र सहजीकरण र प्रोत्साहान गरेको भन्दै बैदेशिक रोजगारमा गएका नेपालीहरुलाइ फर्काएर उनिहरुको सिप ज्ञान पुजीलाइ उधमशिलतामा परिणत गरी त्यसबाट रोजगार श्रृजना गरी मुलुको अर्थतन्त्रलाइ बिकास गर्ने मुल उदेश्यका साथ निति तय गरेको समेत बताउँनुभयो । उहाँले सरकारले आन्तरिक रोजगारको निम्ती आगामी दशकलाइ आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा प्रवद्र्धन गर्ने निर्णय अनुसार संरचना गत परिवर्तनका लागि मन्त्रालयमा आन्तरिक रोजगार महासाखा स्थापना गरेको समेत जानकारी दिनुभयो । उहाँले मन्त्रालयले महाशाखा अन्र्तगत रोजगारको अवसरहरुलाइ चाहिने जनशक्ति तयार गर्ने, शिपको व्यवस्था गर्ने, निजि क्षेत्रको सहकार्यबाट मुलुकमा भएका रोजगारीका संभावनाहरुलाइ श्रम मन्त्रालय अन्र्तगतको राष्ट्रिय व्यवसायिक प्रतिष्ठान बाट तालिम गराएर आफ्नो काम सुरु गरीसकेको दावी गर्नुभयो । मन्त्री भण्डारीले प्रतिष्ठानले हालसम्म होटल एसोसिएशन नेपाल, कम्प्युटर एसोसिएशन नेपाल लगायत संग १३ वटा सस्थाहरुसंग सम्भलौता गरीसकोको जानकारी दिनुभयो ।

कार्यक्रममा बैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरेका ८ जना उद्यमीहरुलाइ राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय