कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेर विश्वासघात गरियो : प्रवक्ता महत (भिडियो सहित)

२०८२ असार १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाै, १७ असार । सत्तारुढ दल नेपाली कांग्रेसले निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेर विश्वासघात गरेको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांगे्रसका प्रवक्ता डा. प्रकाशशरण महतले विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानी क्षम्य नहुने बताउनुभयो । राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको विधेयकमा पदीय दुरुपयोग गर्नेलाई छानविन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँले बताउनुभयो । माथिल्लो सदनमा विद्येयक पारित गर्न बाँकी रहेकाले यसअघि भएका सहमति अनुसार नै कार्यान्वयन हुनुपर्ने उहाँले बताउनुभयो ।

सरकारमा नेपाली कागें्रसको प्रभावकारी उपस्थितसँगै गठबन्धनको विकल्प नभएकोे उहाँले बताउनुभयो । पार्टीबाट सरकामा रहेका मन्त्रीहरुको काममा सन्तोषजन नभएको बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राखेको उहाँले जानकारी दिनुभयो । संसद भित्र र बाहिर रहेका पार्टीका जिम्मेवार नेताहरुले नै अनुशासन भन्दा बाहिर गएर पार्टीेको विपक्षमा अभिव्यक्ती दिने गरेको विषयमा पनि केन्द्रिय सदस्यहरुले ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।केन्द्रिय समितिको बैठक बुधबार पनि जारी रहने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय