संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने सिस्टम हो : अध्यक्ष प्रचण्ड

२०८२ असार १९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमा भएका महत्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गा नारायण ढकालको कृति समाजवादी दर्शनको रुपरेखा लोकर्पण गर्दै प्रचण्डले प्रतिक्रियाबादीलाई अनुकुल बनाउन संविधानमा भएका महत्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको बताउनुभएको हो ।

प्रचण्डले जनवादी प्रचार गर्दा संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने सिस्टम हो भनेर प्रचार गरिएको उल्लेख गर्दै अहिले संसदमा त्यस्तै देखिएको जिकिर गर्नुभयो ।

समितिको प्रतिवेदनमा भइरहेका छेडखानीले बाहिर देखाउने एउटा र भित्र अर्कै खेल हुने गरेको पुष्टि भएको उहाले बताउनुभयो । प्रचण्डले आफ्नो नेतृत्वमा प्रत्येक पटक सरकार बन्दा समाजवादतर्फ देशलाई लैजान बल गरेको भन्दै बुद्धिजिविले त्यस कुरालाई बुझ्न नसकेको आरोप लगाउनुभयो ।

प्रचण्डले समाजवादको बहस गर्ने सवै प्रकारका फोरमलाई स्वागत गर्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय