स्याङ्जामा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

२०८२ असार २०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संगम भण्डारी
स्याङ्जा,२० असार ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जबरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।

अदालतबाट भएको फैसला कार्यान्वयन गर्न, सुरक्षात्मक र प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रवेश तिवारीले जानकारी दिनुभयो ।

स्याङ्जा चापाकोट नगरपालिका  ९ सुनतलिटार बस्ने ५० वर्षीय ध्रुवराज भण्डारीलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिलाई अदालतले ३ वर्ष ६ महिना कैद र १,५०,००० (एक लाख पचास हजार) रुपैयाँ जरिवाना तोकेको थियो। पक्राउ परेका अभियुक्तलाई कैद भुक्तान तथा जरिवाना असुलका लागि जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय